दोस्रो चरण निर्वाचनमा ७० प्रतिशत बढी मत खस्यो

काठमाडौं– स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार भएको दोस्रो चरणको निर्वाचनमा ७० प्रतिशत बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

अपरान्ह पाँच बजे सम्पन्न निर्वाचनको प्रारम्भिक जानकारीअनुसार ७०.५ प्रतिशत मत खसेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

दोस्रो चरणमा बुधबार भएको प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाको निर्वाचन केही छिटफुट घटनाबाहेक शन्तिपूर्ण रुपमा सम्पन्न भएको पनि आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।

निर्वाचन आयोगले अहिले पत्रकार सम्मेलन गरी विस्तृत विवरण जानकारी गराउँदैछ ।