पिकाडेली सर्कस नजिकै बिहीवार साझ करिब ७ बजे,पाँच तले भवनको भुइँ तलाबाट धुवाँको मुस्लो निस्किरहेको देखिएको छ ।
लन्डनको अतीनै ब्यस्त तथा पर्यटकिय क्षेत्र मानिने पिकाडेली सर्कसमा लागेको आगो निभाउन चारवटा दमकल र दुइदर्जन भन्दा बढी आगो नियंत्रक सङ्लग्न रहेको समाचार छ ।
पिकाडेली सर्कस र शफ्टेस्बरी एभिन्युको दुबै तिरबाट आवतजावत र सवारीसाधन निशेध गरिएको समाचार छ ।
यो समाचार तयार गर्दासम्म आगलागीमा कुनै पनि ब्यक्ति सङ्लग्न नरहेको बिश्वास गरिएको छ । आगोलागीबाट अतिनै डरलाग्दो देखिने गरि धुवाँ निस्किरहेको प्रत्येक्ष दर्शिहरुले बताएका छन ।
लन्डनमा भएको आतंककारी घटना र ग्रेन्फेल टावरमा लागेको आगलागीबाट उनासी जनाको मृत्यु पछि लन्डनमा असुरक्षित महसुस गरिरहेको बेला लन्डनको अत्तिनै ब्यस्त पर्यटकिय क्षेत्रको पाँच तले भवनको भुइँ तलाबाट धुवाँको मुस्लो निस्किरहेको देखिएको छ । आगो कसरी लाग्यो भन्ने बारे अपडेट आउन बाँकी छ ।







