काठमाडौँ-‘अघिअघि रिसल्ला, कारगेड संविधानसभा परिसर प्रवेश गर्यो, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, कानुन, न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य, सभासद्, सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत अधिकारी एकाएक सर्तक भए । नेपाली सेनाको विशेष टुकडीले राष्ट्रिय धुन बजायो र सलामी अर्पण गर्यो । सभाध्यक्ष नेम्बाङलगायतले उनको स्वागत गरे ।’
बेहुलीझै सिगारियो संविधानसभा
यो कुनै यथार्थ घटना भने थिएन, ‘नेपालको संविधान, २०७२’ जारी गर्ने ऐतिहासिक समारोहमा राष्ट्रपति डा रामवरण यादवको सवारीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गरिएको पूर्वाभ्यास थियो ।
राष्ट्रपतिको उपस्थिति पनि भएको थिएन, एक जना नेपाली सेनाका अधिकृतलाई राष्ट्रपतिको सवारी तयारी कसरी गर्ने विषयको पूर्व अभ्यासमा सहभागी गराइएको थियो त्यो । सभाध्यक्ष, संविधानसभाका महासचिव, कर्मचारी, सभासद् भने उही नै थिए तर राष्ट्रपति भने थिएनन् ।
संविधानसभाले पारित गरेको र सभाध्यक्ष नेम्बाङले प्रमाणित गर्नुभएको संविधान आइतबार साँझ ५ बजे विशेष समारोहको आयोजना गरेर सार्वजनिक गरिदैंछ । सो समारोहमा राष्ट्रपति डा यादवले नेपालको संविधान जारी भएको घोषणा गर्नेछन् ।
समारोहलाई भव्य बनाउन सचिवालयले संविधानसभा भवनलाई सिँगारेर चिटिक्क पारिएको छ भने विभिन्न रङका बत्तीले सजाइएको छ ।नेपालको झण्डा लहरै भवनको अघिल्लो लहरमा फहराइएको छ भने ध्वजापतकाले भवनलाई बेहुली जस्तै चिटिक्क बनाइएको छ । सुरक्षाको पाटोलाई ध्यान दिँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको तैनाथी गरिएको छ ।
संविधान घोषणा समारोहलाई व्यवस्थित बनाउन सबै तयारी पूरा भएको सभाध्यक्ष नेम्बाङले जानकारी दिनुभयो । विशेष समारोहमा सहभागी हुने विशिष्ठ पाहुनाका लागि विशेष प्रवेश पासको व्यवस्था गरिएको छ । पूर्व सभासद् तथा अति विशिष्ठ व्यक्तित्वलाई निम्त्याइएको छ ।
यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नागरिक समाजका अगुवा, वरिष्ठ सञ्चारकर्मी, उद्योगी तथा व्यवसायीलाई निमन्त्रणा गरिएको सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।अाजको अन्नपूर्ण दैनिकमा समाचार छ ।







![/fi6«klt 8f /fdj/0f ofbjn] cfOtaf/ 3f]if0ff ul/g] g]kfnsf] ;+ljwfg @)&@ sf] k"j{ ;GWofdf zlgaf/ ul/Psf] k"jf{Eof;df 3f]8fr8Lx? . tl:a/ M /Tg >]i7, /f;; .](http://www.londonnepalnews.com/wp-content/uploads/2015/09/RIsalla1.jpg)