सोल। दक्षिण कोरियाको मुख्य सहर मध्येमा पर्ने जोसेन सहरमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ।
राजधानी सोल देखि झण्डै १७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो।
आगलागी भएको भवनमा ब्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।
मृत्यु भएकामध्ये सवै जना भवनको दोस्रो तलामा रहेकोे अधिकारीहरुले बताएका छन् । उनीहरु सवै जना घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए ।






