काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा भौतिक योजना तथा पूर्वाधार मन्त्री विजय गच्छदारको प्रस्ताव अस्वीकार गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले मधेस आन्दोलनका माग पुरा गर्न प्रस्ताव राखेका थिए । तर, प्रधानमन्त्री ओलीले आजको बैठकमा हुन्न्, अर्काे बैठकमा छलफल गरौला भन्दै अस्वीकार गरेका हुन् ।
स्रोतका अनुसार उपप्रधानमन्त्री गच्छदारले मन्त्रिपरिषद बैठकमा तराई मधेसमा आन्दोलनका क्रममा मृत्यु भएकाहरु आफन्तलाई क्षतिपूर्ति दिने, शहिद घोषणा गर्ने, घाइतेहरुको उपचार, घर र निजी सम्पत्तिमा भएको तोडफोडको क्षतिपूर्ति दिने प्रस्ताव राखेका थिए ।
प्रधानमन्त्रीद्धारा गच्छदारको प्रस्ताव अस्वीकार






