ब्युटिसियनलाई पालैपालो बलात्कार गर्ने चार जना सार्वजनिक

महोत्तरी- ब्युटिसियन युवतीलाई सामूहिक बालात्कार गरेको आरोपमा पक्राउ परेका चार जनालाई महोत्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी बलात्कारमा संलग्न रहेको आरोपमा औरही गाउँपालिका–२ का २६ वर्षीय सुनिल साह, २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पन्जियार र २० वर्षीय सुरेश यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

महोत्तरीको औरही बजारमा सञ्चालन गरेको ब्युटीपार्लर बन्द गरेर बजारबाट साइकलमा घर फर्किंदै गरेकी २० वर्षीया युवतीलाई गत २८ जेठको साँझ आँपबारीनजिकैको जोतेको खेतमा सामूहिक बलात्कार गरेको आरोप छ । घटनाको १२ दिनपछि उनीहरूलाई पक्राउ प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।