हजार–हजारको नक्कली नोट बनाउने पक्राउ

gSsnL g]kfnL gf]6sf] sf/f]af/ ug]{ afu]Zj/L–&, g'jfsf]6 lgjf;L @) jifL{o bLks Gof}kfg] . pgL ?= Ps xhf/ b/sf sf *) yfg eGbfa9L gSsnL gf]6;lxt ut !$ ut] a;kfs{ glhs}sf] cfsfz] k'naf6 kqmfp k/]sf lyP . tl:a/ M bLk]Gb| ;fksf]6f÷/f;;

काठमाडौं, १६ भदौ  । नक्कली नोट बनाउने तथा कारोबार गर्ने गरेको आरोपमा नुवाकोटका २० वर्षीय दीपक न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले बुधबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । गोंगबु बसपार्क क्षेत्रबाट १ हजार दरका ८० थान र नेपालटारस्थित न्यौपानेको कोठाबाट १ हजार दरका ५५ थान नक्कली नोट र १३ ओटा नक्कली नोट छाप्न ठिक्क पारिएका कागजसहित न्यौपानेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अभियुक्त न्यौपानेले १६ हजार बराबरको नक्कली नोट बजारमा पठाइसकेको पनि प्रहरीले जनाएको छ ।
नेपालटारस्थित ग्रामीण आर्दश कलेजमा स्नातक पहिलो वर्षमा अध्यनरत न्यौपाने बाफलस्थित प्राइम लाइफको वैदेशिक रोजगारी म्यादी जीवन बिमामा काम गर्ने र सोही स्थानमा नोटहरु फोटोकपी गरी नक्कली नोट बनाउने गरेको प्रहरीले जनाएको छ । अभियुक्तको अफिसबाट नक्कली नोट बनाउने फोटोकपी मसिन र त्यसमा प्रयोग हुने अन्य सामाग्रीहरुसमेत प्रहरीले बरामद गरेको छ ।