काठमाडौं– माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीले गरेको मन्त्री छनोटमा असन्तुष्टि जनाएका छन् । पार्टीका विभिन्न निर्णयहरुमा असन्तुष्टि सार्वजनिक गर्दै आएका प्रकाशले सोहि श्रृङ्खलालाई दोहोर्याउँदै सामाजिक सञ्जालमार्फत आफ्नो विमती बाहिर ल्याएका हुन् ।
उनले पार्टीले राजनीतिलाई सत्ताको फोहारी खेल बनाएको आरोप लगाउँदै बलिदान र परिवर्तनको कुनै अर्थ नरहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘राजनीतिलाई सत्ताको फोहोरी खेल नै बनाइरहने हो भने यत्रो बलिदान र परिबर्तनको के अर्थ ? अनि हामी राजनीतिमा रहिरहनु को पनि के अर्थ रहन्छ र ? बदलौ।
माओवादीले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट कृष्णबहादुर महरा, जनार्दशन शर्मा र प्रभू शाहलाई पठाएको थियो ।
माओवादी मन्त्री छनोटमा नारायणकाजीको असन्तुष्टि,सामाजिक सञ्जालमा पोखे आक्रोश






