बेक्स्ली नेपाली समाज को वार्षिक भेला सम्पन्न

 

लन्डन

मे २१ को आइतबार  बेक्स्ली नेपाली समाज को वार्षिक भेला फाल्कोनउड कम्युनिटी सेन्टरमा भब्यताका साथ सम्पन्न भयो ।

IMG_7358 बिभिन्न सान्स्कृतिक कार्यक्रम , कबिता बाचन , बेक्स्ली बरोमा बसाइ सरेर आउनु हुने २७ परिवार नव आगन्तुक लाई स्वागत र यस बरो बाट यस बर्ष ग्र्याजुएट भएका ५ जना र ११ पास ३ जना विद्यार्थी लाई सम्मान गरियो ।

कार्यक्रम को प्रमुख अतिथी मन्त्री जेम्स पिटर ब्रोकनसाएरका साथमा काउन्सिलका तर्फ बाट डेपुटी मेयर भाल क्लर्क , काउन्सिलर नाइजेल बेट र रक्छा मन्त्रालय अन्तर्गतको कोभेनन्ट फन्ड का प्रतिनिधि एलेक्स पेज , मेजर आन्ड्रु चर्च र डार्टफोर्ड नेपाली समाजबाट श्री राजेश पाठकको उपस्थिती रहेको थियो। पाहुनाको स्वागत सल्लह्कार श्री बिजय गुरुङ , श्री रोशन गुरुङ र श्री हरिहर उपाध्यायले गर्नु भएको थियो ।IMG_7359

कार्यक्रम समाजको अध्यछ श्री केश बहादुर गुरुङको अध्यछयाता भएको थियो । कार्यक्रमको उद्घाटन मन्त्री जेम्स पिटर, डेपुटी मेयर भाल क्लार्क र सभापति केश बहादुर गुरुङबाट भएको थियो । सो कार्यक्रममा हेल्थ यन्ड सेफ्टीको बारेमा श्री जनक पोखरेलले र तत्थान्क सन्कलनको बारेमा श्री हरिश ग्यावालीले प्रकाश पार्नु भएको थिए ।

फस्ट एड स्वएम सेबिकाको रुपमा श्रीमती बिमला शर्माले काम गर्नु भएको थियो । श्री केशब रुपखेती ज्युको कबिता बाचन, श्री प्रान्सु ढुंगाना, श्री पूर्ण बहादुर गुरुङ र सुश्री प्राप्ती ढुंगाना को नाच बाट सुरु भएको कार्यक्रम मा श्रीमती सुस्मा ढुंगाना , श्रीमती उमा गुरुङ , श्री शिव राम गुरुङ , सुश्री एलिशा श्रेस्ट र खस छेत्री समाज का कलाकार हरु ले भब्य नाच प्रस्तुत गरेका थियो । सो अबसर मन्तब्य प्रकट गर्दै मन्त्री ले नेपाली हरु को यस्तो कार्यक्रम मा पहिलो चोटि सहभागी हुन पाउदा आफु लाई भाग्यमानी ठानेको र नेपाली हरु यसरी संगठित हुँदा आफु लाई खुशी लागेको बताएका थिए ।

त्यस्तै डेपुटी मेयर भाल क्लार्क आफ्नो बरोमा नेपाली गोर्खाको समुदाय बिस्तार भएको खुशी प्रकट गरेक थिय । त्यस्तै काउन्सिलर नाइजेल बेटले आफु सहभागी हुन पाउदा खुशी लागेको बताएको थिए । सभापति श्री केश बहादुर गुरुङ ले पहुना लगायत सहभागी सबैलाई धन्यबाद प्रदान गर्नु हुँदै यस कार्यक्रम बाट नेपाली – नेपाली बिच घनिस्टता बडनु का साथै काउन्सिल सँग को सम्बन्ध र बिभिन्न दात्री निकाय सँग सम्बन्ध बढेको बताउनु भयो ।

कार्यक्रम स्पोन्सर गर्नु हुने महानुभाव लाई सामुहिक धन्यवाद प्रदान गरियो । सो अबसरमा श्रीमती बिजिता गौतमले राफल सन्चालन गर्नुभएको थियो । कार्यक्रमको अन्तमा पाहुनाको साथमा सामुहिक नाच भएको थियो । संस्था का महा सचिब श्री आनन्द धरेलले भोजन सन्योजक श्री भोज बहादुर गुरुङ , पेय पदार्थ सन्योजक श्री कमल गुरुङ टिकट सन्योजक कोशध्यछ श्री चन्द्रबिर गुरुङ ,मन्च सहयोगी सुश्री देबिका गुरुङ, तथान्क सन्कलन सहयोगी श्री बिराज गुरुङ , श्री जुपिटर गुरुङ , मेडिया सन्योजक श्री गुण देव घिमिरे , दि जे कुमार जी र अन्य स्वम्सेबक श्री टन्क गुरुङ र श्री गोविन्द गुरुङका साथै सबै जनालाई कार्यक्रम सफल पार्न सहयोग गर्नु भएकोमा धन्यवाद प्रदान गर्नुभयो ।IMG_7360

सो अबसर मा नेपाली सान्सद उमेद्बार श्री बच् कैलाश कैनी लाई सहयोग गर्ने बारेमा पनि छलफल भएको थियो । सो कार्यक्रम संस्थाका महा सचिब श्री आनन्द धरेल र युबा सदस्य सुश्री निबेदिता गौतमले गर्नु भएको थियो भने सन्स्कृतिक कार्यक्रमको सन्चालन उपाध्यछ श्री शिव राम गुरुङले गर्नु भएको थियो ।