अष्ट्रेलियामा नेपालि बिधार्थिको मृत्यु

सिड्नी,अष्ट्रेलिया

सन २००९ मा सुन्दर सपना सजाउने कल्पना गर्दै बिधार्थी भिसामा अष्ट्रेलिया आएका थिए धादिङ जिल्ला घर भइ काठमान्डौ सानो भर्याङ बस्ने मिलन अधिकारी । दिनभर काम र पढाइको थकान मेटाउन उनि कयौ रात सुते । 12650672_10205692892470429_1575904774_n[1]

हिजोपनी उनि त्यसैगरी सुते तर कहिल्लै नउठ्ने गरी । ३८ पार्क अभेन्यु बरउडमा अन्य ३ साथिहरु सँग बस्दै आएका मिलन अधिकारी हिजो साँझ सकुशल सुतेका थिए तर बिहान उनि मृत अवस्थामा भेटिए । गए राती करिब १ बजे तिर कोठामा बस्ने सबैजना खाना खाएर हासखेल गर्दै सुतेका थिए, बिहान ५ बजे काममा जानुपर्ने मान्छे ५:३० सम्म पनि नउठेपछी अर्को रूममा बस्ने साथी उठाउन जाँदा शरिरमा कुनै हलचल भेटेनन र सबैजना उठेर एम्बुलेन्स बोलाएका थिए ।

केहिबेरमा एम्बुलेन्स आयो बिशेषज्ञ टोलिसहित र उनिहरुले अधिकारिलाई मृत घोषित गरेका थिए । सँगै सुत्ने धादिङ्कै साथी कृष्ण श्रेष्ठ आफु राती ३ बजे कामबाट थकित भएर आएको र सँगै सुत्दा पनि केहि थाहा नपाएको बताए । उनी परिवारको एक्लो छोरा हुन ।

अष्ट्रेलिया आएको ७ बर्ष भएपनी अझै बिधार्थी भिषामा नै रहेको र अहिलेसम्म नेपाल नगएको मृतक अधिकारिकी दिदी अर्पना शर्माले बताउनु भयो । मृत्युको कारण खुल्न सकेको छैन, उनको मृत शरिरलाई पोस्ट्मार्टमको लागी लगिएको छ । परिवारले छोराको मुख हेर्ने मन गरे पछी उनको मृत शरिरलाई अन्तिम संस्कारको लागी नेपाल लाने परिवार श्रोतको भनाइ छ ।

उनको परिवार र आफन्तले अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई सहयोगकोलागी अनुरोध गरेका छन । सहयोगको लागी स्वर्गीय अधिकारीकी दिदीको निम्न खातामा रकम जम्मा गर्न सकिनेछ: Ac Name: Arpana Sharma kattel Bsb: 062271 Ac: 10193399 ( Commonwealth Bank) त्यसै गरि धादिंग समाज अस्ट्रेलियाले पनि सम्पूर्ण मनकारीहरु लाई यो विपदमा आफुले सकेको सहयोग गरिदिनु हुन अनुरोध गरेको छ ।

धादिंग समाज अस्ट्रेलियाको तर्फबाट कोषाध्यक्ष राधिका बाँनियाले सोसियल मिडिया मार्फत निम्न खाता नम्बरमा आफुले सकेको सहयोग गरिदिनु हुनु सबै दाजु-भाई दिदि-बैनीहरुलाई अनुरोध गर्नु भएको छ। Ac Name: Radhika Baniya BSB: 732088 Ac: 702739 ( Westpac Bank) (द नेपाली टाईम्स अष्ट्रेलिया)