प्रकाश कण्डेल
लण्डन ।बेलायतको स्कटल्याण्डमा गुल्मीका काशीराम भण्डारीले बिशाल होटेल खोलेका छन्
२००४ सालमा आएका गुल्मी खैरेनीका काशिराम भण्डारीले स्कटल्याण्डको पर्थमा भव्य होटल खोलेका हुन् ।
स्कटल्याण्डको पर्थ सिटी सेन्टरमा रहेको द ग्राम्पेयन होटल तथा रेष्टुरेन्टको लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य,दूतावासकी नियोग उपप्रमुख रोशन खनाल एमपी पेट विसट काउन्सिलर एन्ड्रु प्यारोटले सामूहिक रुपमा उद्घाटन गरेका थिए
उक्त अवसरमा बोल्दै राजदूत आचार्यले नेपाली व्यवसायीहरुले ब्रिटेनमा प्राप्त गरेको सफलता प्रशंसनीय रहेको बताए। उनले नेपालीहरुले जहाँ गए पनि मेहनती, अनुशासित र उद्यमशील जातिको पहिचान बनाएको जनाए। उनले भण्डारीको सफलताले अरु नेपाली व्यवसायीलाई पनि हौसला मिलेको बताए।
उक्त होटल सञ्चालनमा ल्याउनको निम्ती काशिरामले करिब ५ लाख पाउण्ड अर्थात ७ करोड ९४ लाख नेपाली रुपैया बराबर लगानी गरेका छन् । पर्थमा पर्यटक भित्राउले लक्ष्य सहित भण्डारीले उक्त होटल सञ्चालनमा लाएको लन्डन नेपाल न्युज लाइ बताए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके राज्य समन्वय परिषद स्कटल्यान्डका पूर्व अध्यक्ष समेत रहेका भण्डारीले
कोडनविथमा शिम्ला प्यालेस रेष्टुरेन्ट सञ्चालन गरिरहेका उनका अन्य रेष्टुरेन्टहरु पनि सन्च्लालनमा छन् ।
विगत ३८ बर्षदेखि भारत, दुबई, स्कटल्याण्डमा समेत हस्पिटालीटि क्षेत्रमा काम गरेको अनुभव संगालेका भण्डारीले ११ ओटा होटलहरु समेत चलाइसकेका छन् ।
सन् २०१२ मा बेलायती पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनबाट आफ्नो रेष्टुरेन्ट उद्घाटन गराएर भण्डारी चर्चामा आएका थिए।
होटल मार्फत पर्यटन प्रवद्र्धन मात्र नभएर नेपालीपन झल्काउने खानाका परिकार समेत बनाउने सोच बनाएका उनले होटलको मुल प्रवेशद्धारमा नेपाली झण्डा फहराएका छन् । यसअघि रेष्टुरेन्ट व्यवसायमा लागेर सफलताको चाङ बटुलेका उनले अब होटलको यात्रा तय गरेको लण्डन नेपाल न्यूज लाई बताए ।
कार्यक्रममा भोला खनाल,माधब भण्डारी, धन बहादुर के सी, उज्वल कार्की, शिब तिवारी लगायत ब्रिटिश समुदायका प्रतिनिधिहरु, व्यवसायी तथा सर्वसाधारणको उपस्थिति थियो । 











