राजनीतिक विवाद अन्त्य गर्न कोइरालाको आग्रह

Sujata Koirala.JPG

विराटनगर- नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकको राजनीतिक विवादलाई अन्त्य गरी विकास निर्माणतर्फ अग्रसर हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयनका साथै स्थानीय निकायको निर्वाचनतर्फ सबै दललाई केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाली काँग्रेसलाई बलियो बनाउन पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो ।
मन्त्रिमण्डलमा महिलामन्त्रीको सङ्ख्या कम भएको सन्दर्भमा उहाँले राज्यमन्त्री र सहायकमन्त्रीमा मधेसी र दलित महिलालाई बढी प्राथमिकता दिनुपर्ने धारणा प्रकट गर्नुभयो ।