कपिलवस्तुमा कांग्रेस कार्यकर्ताको गोली हानी हत्या

Crime

भैरहवा- कपिलवस्तु जिल्लामा नेपाली कांग्रेसको एक कार्यकर्ताको गोली हानि हत्या गरिएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु बाणगंगा नपा १ चार नम्बर पिपरा चोकका राजेश सेन रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए ।

बिहीबार साँझ मोटरसाइकलमा आएका दुई जना अपरचित व्यक्तिले गोली हानि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।