बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना भएको अवसरमा सरकारले विशेष कार्यक्रम गर्ने

nepal ukलन्डन- बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना भएको अवसरमा सरकारले विशेष कार्यक्रम गर्ने भएको छ ।

सरकारले नेपाल र बेलायतको कूटनीतिक सम्बन्ध स्थापना भएको उपलक्ष्यमा विशेष कार्यक्रम गर्न उपप्रधानमन्त्री कमल थापाको संयोजकत्कमा ३२ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १८५२ मा जङ्गबहादुर राणाबाट सुरु भएको उच्चस्तरीय बेलायत भ्रमण हालसम्म नेपालबाट ३४ र बेलायतका तर्फबाट ३९ वटा भइसकेको छ ।

समितिले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्षका अवसरमा के-कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा आवश्यक निर्णय गर्नेछ । समितिमा परराष्ट्रविज्ञ र सरोकार भएकाहरुलाई सहभागी गराइनेछ । त्यस्तै नेपाल-जापान सम्बन्ध स्थापनाको हीरक महोत्सव मनाउन ३० सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।

समितिको संयोजकमा पनि परराष्ट्रमन्त्री थापा नै हुनुहुन्छ । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सो समितिमा पनि परराष्ट्रविज्ञलाई समावेश गराइने छ ।