स्वाइनफ्लुबाट १ को मृत्यु

काठमाडौं, फाल्गुन १७ । स्वाइन फ्‍लुबाट राजधानीमा एक महिलाको मृत्यु भएको छ। सिनामङ्गल स्थित काठमाडौं मोडल अस्पतालमा उपचार गराइरहेकी उनको स्वाइन फ्लुका कारण शनिबार साँझ मृत्यु भएको स्वास्थ्य मन्त्रालय, रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको हो। नाम गोप्य राखिएकी मृतक महिला काठमाडौंकै स्थायी बासिन्दा हुन्।

५० वर्षीय ती महिला एक साता अघि अस्पताल भर्ना भएकी थिइन्। उपचारमा संलग्न अस्पतालका चिकित्सकका अनुसार उनी दमको पुरानो रोगी थिइन्। ‘पहिला सम्बन्धी रोगको उपचार गर्न लिएर आउनु भएको थियो’, डाक्टर भरत प्रधानले नागरिकन्युजसँग भने, ‘रोग निको नभएपछि परीक्षण गर्दा उनमा स्वाइन फ्लु भाइरस पान्डेमिक एन्फुएन्जा २००९ (एचवान एनवान) भेटियो।’

यो वर्ष स्वाइन फ्लुले मृत्यु भएको यो नै पहिलो घटना हो। गत वर्ष स्वाइन फ्लुका कारण १८ जनाले ज्यान गुमाएका थिए।