नारावाजीको बिचमा संशोधन विधेयक संसदमा पेश, बैठक भोलिसम्म स्थगित

काठमाडौं, ११ वैशाख । सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेको छ । सोमबार कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले सोमबारको संसद बैठकमा उक्त संशोधन विधेयक पेश गरेका हुन् । साथै संसद बैठक भोलि मंगलवार १ बजेसम्मको लागि स्थगित भएको छ ।

दोश्रो संसोधन विधेयक २०७३ लाइ पेश गर्दैगर्दा सोमबार नेमकिपाका सांसदहरुले नारावाजीको बिचमा संसदमा पेश भएको हो ।

कानूनमन्त्री नायकले नयाँ संशोधन विधेयक पेश गर्दै संशोधनबारे स्पष्ट गरेका थिए । संशोधन विधानमा संघीय आयोग गठन गर्ने कुरा संक्रमणमा मात्र भन्ने उल्लखे भएकोमा अहिलेको संशोधनमा जुनसुकै समयमा पनि संघीय आयोग गठन गर्ने कुरा उल्लेख भएको बताए ।