मनको सफाइ भए मात्र सबै क्षेत्रको सफाइ हुन्छ : प्रचण्ड

kqsf/ ;Dd]ngdf cWoIf bfxfn dfcf]jfbL s]G›sf cWoIf k'iksdn bfxfn k|]; ;]G6/ dsjfgk'/n] a'waf/ x]6f}F8fdf cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf af]Ng'x'Fb} . Tf:jL/ M c~hnL yfkf, x]6f}F8f, /f;;

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनको सफाइ भए मात्र सबै क्षेत्रको सफाइ हुने बताएका छन् ।

ग्रिन सिटी अस्पतालको आयोजनामा भएको चक्रपथ सरसफाइ अभियानको ५०औँ हप्ताको विशेष समारोहमा आज आयोजित कार्यक्रममा उनले भने “सरसफाइसम्बन्धी मानसिक मूल्य मान्यता देशव्यापी रुपमा फैलाउन सके मात्र सभ्य समाज निर्माण हुन्छ,” ।

अध्यक्ष प्रचण्डले मुलुक देश निर्माणको महाअभियानमा जुटिरहेको बेला उक्त कार्यमा हातेमालो गर्न सबैलाई आग्रहसमेत गरे । सोच र विचारमा सफाइ भए मात्र देश विकास हुने उनको भनाइ थियो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले फोहर मानिसको शत्रु भएकाले यसको विरुद्धमा अभियान चलाउनु आवश्यक रहेको बताए । “जथाभावी फोहर फाल्नेलाई कानुनी कठघरामा ल्याउनुपर्छ,” उनले भने ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ रुपमा बाँच्न पाउने अधिकारलाई संविधानले ग्यारेन्टी गरेको भन्दै स्वच्छ वातावरण निर्माणमा सबै लाग्नुपर्ने बताए ।
धुलोरहित वातावरण निर्माण गर्ने अभियानलाई लागू गर्न मन्त्रालय तत्काल लाग्ने उनको भनाइ थियो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायतले सफा गर्नुपर्छ भन्ने व्यक्तिमा चेतना नआएसम्म सफा शहर निर्माण हुन नसक्ने विचार व्यक्त गरे ।

विसं २०७४ वैशाख २ गतेबाट सञ्चालन भएको अभियानले हालसम्म ७५० भन्दा बढी मेट्रिक टन फोहर हटाइसकेको र अभियानमा २५ हजारको जनसहभागिता भइसकेको अभियानका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।