क्याट यूकेद्वारा नेपाली वेलफेयर सोसाईटीको संयोजनमा चितवनको चेपाङ वस्तीमा राहत बितरण

शिब भण्डारी

लण्डन । चितवन एड ट्रस्ट (क्याट) युकेले मातृभुमि चितवनको कालिका नगरपालिका १० र ११ वार्ड सिद्धि स्थित चेपाङ बस्तीमा राहत वितरण गरेकोे छ। नेपाली वेयलफेयर सोसाइटी युके न्यूज यूकेले सञ्चालन गरेको बाँचौ र बचाऔँ अभियानमा ऐक्यबद्धता जनाउँदै अभियानको २० औँ श्रृङ्खलामा क्याट यूकेले ६० परिवारलाई राहत वितरण गरेको हो ।

ट्रस्टका अध्यक्ष जीवन सेनको अध्यक्षतामा सम्पन्न भएकोे कार्यक्रममा चितवनबाट प्रतिनधित्व गर्ने संघीय सांसद कृष्णभक्त पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी बाग्मती प्रदेशका सांसद बलराम पौडेल, कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङ, बाचौं र बचाऔँ अभियानका संयोजक, नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष तथा एनआरएन युकेका कार्यसमितिका सदस्य धन बहादुर सार्की, उपेक्षित, उत्पिडित र दलित बर्ग उत्थान बिकास समितीका कार्यकारी निर्देशक डा बुद्धि नेपाली, कालिका नगरपालिका मेयर खुम नारायण श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका नेता रामध्वज डल्लाकोटी, नेपाल कन्युनिस्ट पार्टी कालिका नगरपालिका अध्यक्ष सबिता लामा, वडाध्यक्षहरु दिलबहादुर गुरुङ र कृष्ण बहादुर प्रजा नेकपा कालिका १० का अध्यक्ष रमेश तामाङ सहभागि थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद पोखरेलले एकपटकको नेपाली सदाको नेपाली भन्ने मुल आशय बोकेर गरेको यस प्रकारको सहयोग अभियान प्रति आभार ब्यक्त गरे । हिजो एक प्रकारको विचार धाराको अवस्थामा रहेका नेपालीहरु अब देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नागरिकहरुकोे भएको कारण एनआरएनहरुलाई केही विषय बाहेक अधिकांश अधिकारहरु संविधानमै व्यवस्था गरिएको बताए । गैरआवासीय नेपालीहरुको हकहितको निम्ती सरकार कटिबद्ध रहेको भन्दै उनले एनआरएनहरुले देश विकासको निम्ती चालेको अभियान प्रशंसनीय भएको सुनाए । हिजो सम्म नेपालबाट बाहिर जाने एनआरएनहरुलाई नागरिकता दिनुहुँदैन भन्ने भावना अब हटेको भन्दै उनले सरकारले ऐन जारी गरेर नागरिकताकोे व्यवस्था गर्ने विश्वास दिलाए । उनले ढुक्क भएर आफ्नो ज्ञान सीप बोकेर देश आइ विकासोन्मुख देशको सूचीमा पुर्याउने गरी वातावरण सिर्जना गर्ने कार्यमा अग्रसर रहन आग्रह गरे ।
संस्थाका उपाध्यक्ष पार्वती पाण्डेयको स्वागत रहेको कार्यक्रमको पहिलो चरण सञ्चालन रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाईटी युकेका उपाध्यक्ष तथा एनआरएनए यूकेका सचिब एवं कुशल कार्यक्रम सञ्चालक जित रानाभाटले गरे भन दोस्रो चरणको सञ्चालन क्याट यूकेका महासचिब टिएन रिजालले सौहार्दपूर्ण रुपमा गरेका थिए ।
कार्यक्रममा बोल्दै ट्रस्टका अध्यक्ष जीवन सेनले ट्रस्टले गरेको यस प्रकारको सहयोगले लामो समयदेखी पीडामा रहेका चेपाङ बस्तीका मानिसहरुको पीडामा मलम लगाउने बताउँदै यस सहयोगले दशैको खुशीयाली समेत प्रदान गर्ने विश्वास ब्यक्त गरे । महामारीको समयमा मात्र नभएर देशमा भइरहेका हरेक दुखका घटनामा खाद्य सामग्री वितरण गर्ने उद्धेश्यले बाँचौ र बचाऔँ अभियान चलाउने अभियन्ता धन बहादुर सार्की र डा. बुद्धि नेपालीलाई विशेष आभार ब्यक्त गर्दै क्याट यूकेलाई यहाँ सम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
नेपालबाट कार्यक्रम संयोजन गरेका नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक तथा न्यूज युकेकोे केन्द्रिय फोकल पर्सन डा. बुद्धि नेपालीले उपस्थित सबैलाई कार्यक्रमको बारेमा जानकारी गराउँदै वेयलफेयर सोसाइटी यूकेले हालसम्म सात प्रदेशका १८ जिल्लाका ९०८ घरधूरीलाई राहत वितरण गरेको जानकारी दिए ।
बाँचौ र बचाऔँ अभियानका संयोजक धन बहादुर सार्कीले क्याट यूके सँग सहकार्य गरि आफ्नै गाँउको चेपाङ बस्तीमा राहत वितरण गर्न पाउँदा निकै खुशी लागेको भन्दै यस राहतले बस्तीमा रहेका नागरिकलाई दशैको मौकामा सबैलाई दाल भात पुर्याउन सकिएको बताए ।
एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले महामारी र संकटको परिस्थितीमा राहत वितरण गर्नका लागि गरेको पहलको खुलेर सराहना गर्र्दै धन्यवाद ज्ञापन गरिन् ।त्यसैगरी एनआरएनए आइसीसी सदस्य रामशरण सिम्खडा, योग कुमार फगामी, एनआरएनए ईगंल्याण्ड राज्य समन्वय समिती अध्यक्ष दिपक श्रेष्ठ लगायतले जुम कन्फ्रेन्समार्फत सम्बोधन गरेका थिए ।
त्यसैगरी एनआरएनए आईसिसि सदस्य नारायण सुबेदी  क्याटका पुर्वअध्यक्षहरू कपिल श्रेष्ठ,  हिमाल गुरुङ, राजेन्द्र खरेल, देवेन्द्र श्रेष्ठ, सल्लाहकारहरू टिका पौडेल, यादव श्रेष्ठ, आनन्द धरेल,लोक गुरुङ,एनआरएनए युके उपाध्यक्ष,शुनिल बाबु खड्का, पूर्व महासचिव राजेन्द्र सुवेदी, प्लमस्टिड स्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समिती अध्यक्ष तथा क्याट सल्लाहकार नरेन्द्र कंडेल, नेप्लिज युथ एशोसियसन युके अध्यक्ष लक्ष्मण गुरुङ, क्याट बेलजियम अध्यक्ष भूवन सुवेदी, क्याट बेल्जियमका शंकर बजगाई, एनआरएनए यूके सदस्यहरु ह्यारी गुरुङ, कृष्ण खरेल, क्याट यूकेकोषाध्यक्ष रमेश श्रेष्ठ ,आजिवन सदस्य डा मिन रानाभाट,क्याट सचिव उपेन्द्र पौडेल,पत्रकार संजय कंडेल, शिव भण्डारी, जगन कार्की,मन्दिप केसी उपस्थिती रहेको थियो ।
राहत वितरण कार्यक्रममा क्याट यूकेका पूर्वध्यक्ष हिमाल गुरुङले नेपालमा वितरण गर्न सहयोग सहयोग गरेका थिए भने रमेश तामाङले जुम मार्फत स्थलगत रिपोर्टको लाइभ प्रस्तुत गरेका थिए ।कार्यसमतिका उपाध्यक्ष शालिकराम सापकोटाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
बेलायतमा बस्ने चितवनवासीहरुको साझा संस्थाका रुपमा क्रियाशील क्याट यूकेले नेपालमा विभिन्न परोपकारी काम गर्दै आएको छ ।