कांग्रेस केन्द्रीय समिति बैठकमा नरहरि आचार्यको यस्तो छ ४ बुँदे लिखित धारणा

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले आरोप–प्रत्यारोपले पार्टी माथि उठ्न नसक्ने भन्दै अहिलेको अवस्थामा सुधार गर्न सबै सदस्य जिम्मेवार र भविष्यमुखि बन्नुपर्नेमा धारणा राखेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा आफनो लिखित ४ बुँदे धारणा राख्दै आचार्यले कांग्रेसले आफ्ना राजनैतिक एजेण्डा अझ स्पष्ट पार्दै जैजानुपर्नेमा जोड दिए । उनले कांग्रेसको नेतृत्वमा ठूलो परिवर्तन भएपनि परिवर्तनपछि के गर्ने भन्ने दुविधा नेतृत्व तहमा देखिएको औंल्याए ।

हालैसम्पन्न निर्वाचन कांग्रेसको पक्षमा हुन नसकेपनि अब बिचलिन नभई नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए ।

आचार्यले पार्टी पुरानै ढर्रामा चलिरहेकाले अब समयसापेक्ष परिमार्जन गर्दै लगिनुपर्ने तथा संघीय गणतन्त्रलाई पूर्णता दिनुपर्नेमा समेत जोड दिए ।