काठमाडौं, बैशाख ८ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवले दलहरुको पछिल्लो एकता र उत्साहले चुनावको वातावरण उच्चस्तरमा बन्दै गएको बताएका छन् ।
काठमाडौंमा गरिएको कार्यक्रममा प्रमुख आयुक्त यादवले असन्तुष्ट दलहरुको एकताले उनीहरु चुनावमा भाग लिने विश्वास बढेको बताए ।
निर्वाचनको सबै व्यवस्थापन पूरा भएको र अबको केही दिनमै मतदान केन्द्रमा कर्मचारीहरु खटिने यादवले बताए ।
आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय र जाइकाको समन्वयमा गरिएको कार्यक्रममा विभागका प्रमुख चिरन्जीवी खनालले स्थानीय चुनावमा मिडियाको भूमिकाका विषयमा कार्यपत्र पेश गरेका थिए ।






