सरकारको समर्थन फिर्ता लिने फोरम लोकतान्त्रिकको निर्णय

काठमाडौं, १७ चैत । विजय गच्छदार नेतृत्व मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छ ।

फोरम लोकतान्त्रिक कार्य समिति बैठकले सरकार दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

स्थानीय चुनावको वतावरण बनाउन नसकेको, मधेसको माग पुरा गर्न नसकेको, सरकार समक्ष आफूहरुले राखेको माग पनि पूरा नभएको भन्दै फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएदेखि नै सरकारमा जाने फोरम लोकतान्त्रिकको प्रयास असफल भएपछि सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापासहितको मन्त्रिपरिषद् विस्तारका बेला पनि गच्छदारलाई उपप्रधानमन्त्रीसहित जिम्मेवारी दिएर सरकारमा लैजाने कसरत भएको थियो । तर मन्त्रीमा भागबण्डा नमिल्दा पछिल्लो कसरत पनि असफल भएको थियो ।