एनआरएन यूकेको एक टोली परिषद गठन गर्न नर्दन आयरल्याण्ड प्रस्थान

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको एक टोली नर्दन आयरल्याण्ड प्रस्तान गरेको छ । टोली एनआरएन नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदको गठन गर्न त्यस तर्फ प्रस्थान गरेको हो । बेलफास्टमा आइतबार एक कार्यक्रमको आयोजना गरी परिषद गठन गरिदैछ ।

नर्दन आयरल्याण्ड नेपाली कम्युनिटीसँगको सहकार्यमा राज्य समन्वय परिषद गठन गर्न लागिएको हो । सो कार्यक्रममा एनआरएन यूकेका महासचिब आर के त्रिपाठी नेतृत्वको टोली नर्दन आयरल्याण्ड प्रस्तान गरेको हो ।

टोलीमा एनआरएन यूकेका उपाध्यक्ष, ललित न्यौपाने महासचिव आरके त्रिपाठी, लगानी विभाग संयोजक गंगा राना, धार्मिक विभाग संयोजक होमनाथ पौडेल ,सल्लाहकार नरेन्द्र कण्डेल, खेम पौडेल प्रभू न्यौपाने पत्रकार शिव भण्डारी लगायत छन् ।

यसैबीच नर्दन आइरल्याण्डमा हुने सो कार्यक्रम का लागि एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी नेतृत्वको टोली नर्दन आयरल्याण्ड आइतबार आउने कार्यक्रम छ ।

टोलीमा आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएन यूकेका उपाध्यक्षहरु शेर सुनार, प्रेम गाहामगर, शिव कँडेललगायत छन् ।

कार्यक्रममा एनआरएन डेनमार्क र स्वीडेनका पदाधिकारी पनि सहभागी हुने एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले जानकारी दिए ।

https://www.facebook.com/londonnepalnews/videos/1530469950404861/