अखिल (क्रान्तिकारी)मा जोडिए ‘प्रचण्ड’, ‘वैद्य’ र ‘विप्लव’

काठमाडौं- माओवादी निकट विद्यार्थी संगठनहरुको नामको पछाडी नेताको नाम जोडिने भएको छ । फागुन १८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावलाई मध्ये नजर गर्दै एउटै नाम रहेको संगठनको नामको पछाडी नेताको नाम जोडिएको हो ।

हिजो त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष सुधा त्रिपाठी, कार्यवाहक निर्देशक गंगाबहादुर मगर, अखिल क्रान्तिकारीका नेताहरु दिपेन्द्र चलाउने, विष्णु नेम्वाङ र रामचन्द्र अधिकारीको संयुक्त बैठकले यस्तो सहमति गरेको गरेका हुन् ।

तत्कालिन नेकपा माओवादीबाट फटेर बनेको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी), वैद्यबाट फुटेर बनेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रको विद्यार्थी संगठनको पछाडी नेताको नाम राख्ने भएका हुन् । अखिल (क्रान्तिकारी) नामको पछाडी ‘प्रचण्ड’, ‘वैद्य’ र ‘विप्लव’ राख्ने सहमति गरेका हुन् ।

यी तीनै संगठनको नाम अखिल (क्रान्तिकारी) र झण्डासमेत एउटै भएका कारण सहमति गरेर संगठनको नामको पछाडी नेताको नाम राखेका हुन् ।