काठमाडौं, १३ चैत्र । काठमाडौंबाट चीन जानेक्रममा एक चिनियाँ महिला करिब १ करोड ३७ लाख रुपैयाँ बराबर हुन आउने अमेरिकी डलरसहित पक्राउ परेकी छन् । चाइना साउदर्न एअरको विमानबाट शुक्रबार चीन जान लागेकी यीङ लउ सुरक्षा जाँचको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी हुन् । उनको साथबाट १ लाख १३ हजार २ सय ५० अमेरिकी डलर र ५ हजार १ सय ५१ चाइनिज युयान बरामद भएको प्रहरीले जनाएको छ ।
सुटकेसमा फल्स बटम बनाई अवैध रुपमा लैजान लागेको अवस्थामा उनको साथबाट डलर बरामद गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विजय कायस्थले जानकारी दिए । यीङ लउलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।
विमानस्थलबाट चिनियाँ महिला पक्राउ






