भिषण आगलागी पीडितको सहयोगका लागि बेलायतमा सहयोग अभियान शुरु:(भिडियो सहित)

शिब भण्डारी

लन्डन ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ नजिक गत साता भएको भिषण आगलागी पीडितको सहयोगका लागि बेलायतमा सहयोग अभियान शुरु भएको छ ।यहि सोमवार साँझ ताप्लेजुड्ग सदरमुकाम फुङलिङमा भएको भिषण आगज़नीमा सयौ घर ध्वस्त भएको छ भने हजारौ नागरिक घरबार बिहिन भएका छन ! यस प्राकृतिक बिपदमा हामी सबैको मन कुंडिएकै छ !

फुंङलिङ्ग बासीलाई भर्खरै अप्रत्यासित प्रकोप परेको छ । हामी सरकारलाई दोष र गाली गर्दैमा दुखेको मनमा मलमपट्टी लाग्दैन ! रार्ज्यको पहुँच र सामर्थ्य त्यति सहज नभएको हाम्रो परिबेशमा देश-परदेशमा बस्ने हामी आम नागरिकको पनि कुनै न कुनै दायित्व हुनु पर्ने हैनर ? हामिले जति र जे सक्छौ प्रवासबाट पनि तत्कालै सहयोग पुर्याउनु हाम्रो पनि कर्तब्य सम्झी प्रवासी नेपाली मंच यूके सबैमा सहयोगको हार्दिक अनुरोध गर्दछ !

 

कपया स्वेच्छाले धेर थोर आर्थीक सहयोगको लागी सबै सबैमा सादर सबिनय निबेदन छ ।  प्रवासी नेपाली मञ्च यूकेले उक्त प्राकृतिक विपत्तिको मार खेपेका पीडितका लागि केही  राहत संकलनको पहल गरेको हो ।
मञ्चका अध्यक्ष रामशरण सिम्खडाले सरकारले गरेन भनेर दोष र गाली गर्दैमा दुःखेको मनमा मलम पट्टी नलाग्ने जनाउंदै  देश विदेशमा बस्ने नेपालीले पीडितको सहयोग गर्नु प्रमुख दायित्व हुने बताएका छन् । मञ्चले यस्तो परिस्थितिमा धेरथोर सहयोग गर्न अपिल समेत गरेको छ ।

आगलागीबाट ४४ घर ध्वस्त भए भने ११८ परिवार विस्थापित भएको जनाइएको छ ।

सहयोग गर्न चाहनेका लागिः

यूके:

RS SIMKHADA

BARCLAYS BANK

A/C NO.60121118,

S/C: 20-16-99

नेपालः

TEJ PRASAD KHARAL

PRABHU BANK

00101000026514000001

 

थप जानकारीको लागि यूके 0044 79504350650044 7950435065 रामशरण, 00977 98510 1952800977 98510 19528 सेमन्त नेपाल)