लण्डन । हाल बेलायतमा रहेकी रचनाकार गिता गिरीको नयाँ आधुनिक गिति एल्बम ‘मनदेखि मनछुने मायालु’ सार्वजनिक गरिएको छ ।
ग्रेट एबिजी नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा चर्चित गायक प्रताप दासले स्वर दिएका छन् । गीतमा मनोज चौलागाईको सगींत र स्वयं गीताले रचना गरेकी छिन् ।
उक्त गीतको भिडियो निर्देशक केशब राज भट्टले गरेका हुन् भने भिडियोमा प्रिन्स चौहान ,स्मारिका ढकाल र प्रकाश गिरीले अभिनय गरेका छन् ।
कुनै बेला नेपालको राष्ट्रिय राजनीतिमा सक्रिय गिता गिरी विगत ९ वर्षदेखि बेलायतमा बस्दै आएकी छिन् । उनले गीत रचना गर्न थालेको छोटो समयमै झण्डै आधा दर्जन गीत बजारमा ल्याईसकेकी छिन् ।
‘हेरु हेरु लाग्छ’,’के दिउ त्यस्तो कोशेली’,’ए पहरी फुल’, ‘हाँस तिमी’ र ‘यो मेरो माया’ लगायतका गीत उनले रचना गरेकी छिन् । राजनीति छाडेर गीतसगींतमा लाउँदा आफुलाई आनन्द सगैं नयाँ अनुभूती मिलेको गिताको भनाई छ ।
भिडियो हेर्नुहोस्






