लण्डन । बेलायती प्रधानमन्त्री टरीजा मेले आगामी दुई वर्षमा ब्रिटेनको बहिर्गमनको प्रकृया अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेकी छिन्।
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री मे ले भनिनः “आज सरकारले ब्रिटश जनताको प्रजातान्त्रिक मत र संसदको स्पष्ट धारणामाथि कदम चाल्दैछ। धारा ५० को प्रकृया अब अघि बढेको छ। यो एउटा ऐतिहासिक क्षण हो र यसबाट अब पछि हट्न मिल्दैन।”
ब्रिटेनले अब आफ्नो निर्णयहरु आफैं गर्ने र कानुनहरु आफैं बनाउने भन्दै उनले अब अझ बलियो र न्यायपुर्ण आफ्ना सन्तानले गर्व गर्न सक्ने ब्रिटेन बनाउने बताइन्।
https://youtu.be/tYpwuo-N5kQ






