लन्डन– नेपाली नयाँ वर्ष २०७४ को अवसरमा एक्सप्रेस स्टुडियो लन्डन र नेपाली टिभी युकेले २३ अप्रिल आइतबारका दिन एक सांगीतिक साँझको आयोजना गर्ने भएका छन् ।

कार्यक्रममा नेपाली आधुनिक संगीतका परिचित गायक शिव परियार र बेलायतको प्रसिद्ध नाम्लो ब्याण्डले प्रस्तुति दिने आयोजकले जनाएको छ ।
सर्लाहीको हजरीयामा जन्मिएर विगत १६ वर्षदेखि निरन्तर संगीत क्षेत्रको साधनामा लागि परेका शिव परियारका एक सय एक गीत, गजलहरु बजारमा छन् । गजल विधाका प्रखर गायक परियारको फ्यान फलोअर लाखौँ छन् । करिब एक दशकदेखि शास्त्रीय संगीत सिकेर, संगीत प्रशिक्षण र व्यावसायिक गायनमा लागेका परियारका ‘कादम्बिनी’, ‘क्या दामी’ लगायत पाँच एल्बम बजारमा आइसकेका छन्। उनी अहिलेका चलेका नेपली गायक हुन्। यसबाहेक उनी नेपाली चलचित्रहरूका लागि पनि गीत गाउने गर्छन्।बेलायतको नेपाली समुदाय मात्र हैन बेलायती र अन्तर्राष्ट्रिय समूदायसम्म पनि सफल गायक तथा संगीतकार गंगा थापाको अग्रसरतामा सुरुभएको नाम्लो ब्याण्डले राम्रो प्रसिद्धि पाएको छ । यस ब्याण्डमा यूरोपियन र केही अफ्रिकनहरु पनि छन् । आयोजकले कार्यक्रममा सहभागिता जनाउन आह्वान गर्दै आफ्नो सिट सुरक्षित राख्न आह्वान गरेको छ ।
विस्तृत जानकारीका लागि निम्न मोबाइलमा सम्पर्क गर्न सकिन्छ:
Dinesh – 07428 634499, Jagan- 07531354661 , Birendra- 07723 535050






