BREAKING NEWS: बेलायतको संसद बाहिर आतंकवादी आक्रमण, एक महिलाको मृत्यु

लन्डन– बेलायतको संसद बाहिर आतंकवादी हमला प्रयास भएको छ । आतंकवादीको आक्रमणमा एक महिलाको मृत्यु भएको छ ।

सेन्ट्रल लन्डनस्थित तल्लो सदन हाउस अफ कमन्समा प्रहरीमाथि गोली हानिएको छ । अधिकारीहरुले घटनालाई आंतकवादी आक्रमण भनेका छन ।

संदिग्ध हमलाकारीले एकजना महिलालाई चक्कू हानेर हत्या गरेका छन् ।

घटनापछि संसद वरपर आवतजावतमा रोक लगाइएको छ ।

सांसद तथा पत्रकारले संसद बाहिर ठूलो आवाजमा गोली हानेको सुनेका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार वेस्टमिन्स्टर ब्रिज नजिकै एक महिलाको मृत्यु भएको छ भने केही सर्वसाधारण खाइने भएका छन् ।

संसदको गेट बाहिर कारले किचेर हत्या गर्ने कोसिस भएको समाचारमा जनाइएको छ ।

हमलामा प्रधानमन्त्री भने सुरक्षित रहेको उनका प्रवक्ताले जनाएका छन् । संसद नजिकै २ सयभन्दा बढी सांसद उपस्थित थिए ।

लन्डन मेट्रो पुलिसले घटनाबारे अनुसन्धान भइरहेको र अपराधी खोज्ने काम भइरहेको जनाएको छ ।

हमलालगत्तै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने एयर एम्बुलेन्स तैनाथ अवस्थामा राखिएको छ ।