नेपाली कम्युनिटी नर्दन आयरल्यान्डमा थापा निर्विरोध

लन्डन । नेपाली कम्युनिटी नर्दन आयरल्यान्डको सभापतिमा बलबहादुर थापा निर्विरोध हुनुभएको छ । कम्युनिटीको बेलफास्टमा सम्पन्न पाँचौं अधिवेशनले थापालाई सभापतिमा निर्विरोध हुनुभएको हो । कम्युनिटीको उपसभापतिमा शान्ति कडेल सचिवमा पुर्णश्रवर कडेल सहसचिवमा तेजबहादुर रेग्मी कोषाध्यक्षमा गोमा खड्का निर्विरोध निर्वाचित हुनुभयो । नौ सदस्यीय कार्यसमितीमा परशुराम पौडेल, निर्जल क्षेत्री, रेशम सुबेदी र शिव सापकोटा सदस्यमा निर्वाचित हुनुभयो ।

नवनिर्वाचित सभापति थापा विगत चार बर्षदेखि कम्युनिटीको उपसभापति तथा त्यस पहिले महासचिबको रुपमा कार्य गरि सक्नु भएको छ । अधिबेशनको उदधाटन गर्दै विविसी नेपाली सेवाका प्रथम प्रस्तोता तथा कुनै पनि विदेशी विधुतिय संचार माध्याममा नेपाली भाषामा समाचार प्रस्तुत गर्ने पहिलो नेपाली पुरण अग्रवालले आफुले तिन दशक पहिले नर्दन आयरल्याण्ड टेक्दा एक्लो भएको तर विगत एक दशकदेखि नेपाली कम्युनीटी सशक्त भएको देख्दा धेरै खुसी लागेको बताउनुभयो ।

कम्युनिटीका निवर्तमान सभापति लिलाराम निउरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा विकास चुडाल, नारायण कडेल, नारायण कुवर तथा बलबहादुर थापाले बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *