लन्डन दूतावासमा राजकुमारबाट दीप प्रज्वलन: समापन समारोह भव्य [भिडियो/तस्बिर]

लन्डन–नेपाली दूतावासले नेपाल र संयुक्त अधिराज्य बेलायतको दौत्य सम्वन्ध स्थापना भएको द्विशतवार्षिकी पुरा भएको उपलक्ष्यमा 
गरेको साताव्यापी विशेष कार्यक्रमको अन्तिम दिन सोमबार दुताबास परिसरमा भव्य समापन गरिएको छ ।harry तस्विरहरुःएभरेष्ट गौतमmantri
लन्डनस्थित नेपाली दूतावासद्वारा आयोजित साताव्यापी कार्यक्रमको अन्तिम दिन ब्रिटिश राजपरिवारका सदस्य राजकुमार ह्यारीले नेपाल स्मरण गरेका हुन् ।  नेपाल भ्रमणकाक्रममा आफूले गोर्खा सैनिकका केही गाउँ पुग्ने अवसर पाएको बताउँदै ह्यारीले गोर्खा सैनिकहरुको दृढ चरित्र कसरी बन्छ भन्नेकुरा आफूले बुझ्ने मौका पाएको उल्लेख गरे ।
ram1भूकम्पपछि ब्रिटिस तथा अन्य निकायबाट नेपालमा गरिएको राहत कार्यको प्रशंसा गर्दैह्यारीले पुनर्निर्माणको काममा समय लाग्ने बताए। उनले नेपालको पुनर्निर्माणमा ब्रिटिश जनताको साथ रहने प्रतिवद्धता समेत व्यक्त गरे । राजकुमार ह्यारीले पानसमा दीप प्रज्वलन गरि उक्त समारोह उद्घाटन गरेका थिए ।
tas
 कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले बेलायत नेपाल सम्वन्ध सरकारीस्तरमा मात्र नभइ जनस्तरमा समेत सुदृढ भएको बताए । मन्त्री जोशीले गत वर्ष नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएको स्मरण गर्दै नेपालमा जलश्रोत, पर्यटन व्यापार र लगानीका प्रशस्त अवसरहरु रहेको धारणा समेत राखे ।to
राजदूत डा. दुर्गाबहादुर सुवेदीले राजकुमार ह्यारीको उपस्थितिले नेपाल र नेपाली जनताप्रति बेलायती राजदरबार, सरकार र जनताको सदभावना र सम्मानको भावना प्रतिविम्बित गर्ने बताए । उनले गोर्खा सैनिकहरुको साहस, इमान्दारिता र वीरताले बेलायतसँगको सम्वन्ध सुदृढ तुल्याएको उल्लेख गर्दै बेलायतले नेपालको आर्थिक र सामाजिक विकासमा पुर्‍यायाएको योगदानको प्रशंसा समेत गरेका थिए ।
 विशेष समारोहमा बेलायती रक्षामन्त्री मार्क ल्यान्केस्टर, बेलायती सेनाका डेपुटी कमाण्डर इन चिफ, बेलायती सांसद, मन्त्रालयका उच्च पदस्थ कर्मचारी, विभिन्न देशका राजदूत, मेयर लगायत सयौं नेपालीको सहभागिता थियो।
उक्त कार्यक्रम सञ्चालन दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गरेका थिए । कार्यक्रममा विविध संस्कृति झल्कने नाच प्रस्तुत गरिएको थियो।
nach
tirpathi