काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस सकिएपछि आज मंगलबार फैसला आउने भएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा भएको बहसमा डीआईजी जयबहादुर चन्द पक्षका वकिलले बहस गरेनन् । सोमबार सरकारी वकिलको तर्फबाट दुई उपमहान्यायाधिवत्ता टीकेन्द्र दाहाल र रेवती त्रिपाठीले बहस गरेका छन् ।
बहस सकिएपनि प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतको बाषिर्क प्रतिवेदन बुझाउन राष्ट्रपति कार्यालय जानु परेका कारण सोमबार फैसला आउन सकेन ।
सरकारले माघ ३० गते डीआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो ।






