ओली दाहालको वान टू वान बैठक सकियो

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वान टू वान बैठक सकिएको छ ।

बैठकले पार्टी एकताको विषयमा छलफल वाम गठबन्धनको एकता संयोजन समितिको बैठक बुधबार बोलाएको छ ।

ओली र ‘प्रचण्ड’बीच आज पार्टी एकता र सरकार गठनबारे छलफल भएको थियो।

दाहालले मंगलबार पुन: ओलीसँग आफूले छलफल गर्ने बताएका छन्।

बिहान सवा १० बजेदेखि दुई नेताबीच ललितपुरको एक घरमा छलफल भएको थियो। ओली र दाहालको आजको भेट एकीकृत पार्टीको नेतृत्वमा केन्द्रित थियो।

माओवादी केन्द्रले प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक व्यक्ति प्रस्ताव गरेको छ। एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए प्रचण्डले अध्यक्ष पाउनु पर्ने माओवादीको प्रस्ताव छ।