लन्डन । एनआरएनए यूकेको आसन्न निर्वाचनका लागि उम्मेदवारहरुको संख्या ५३ नै कायम भएको छ । विभिन्न पदका ८ जना उम्मेदवारविरुद्ध दावी विरोध परेपनि निर्वाचन समितिले छानवीन गरि सबै उम्मेदवारहरुको आवेदन सदर गरेको निर्वाचन समितिका संयोजक डा. चन्द्र लक्सम्बाले जानकारी दिए ।
सञ्चारकर्मीमाझ संयोजक लक्सम्बाले महिला संयोजकबाहेक अरु सबै पदमा निर्वाचन हुने बताए । उनले साउथ इष्टको प्लमस्डिट, अल्डरसट, हयारो वेम्ली र मिडल्याण्डको लेस्टरमा मतदान बुथ राखिने जानकारी दिए । वेल्स, नर्दन आयरल्याण्ड र स्कटल्याण्डमा पोस्टल भोटलाई समेत मान्यता दिइनेछ ।
एनआरएनए यूकेको निर्वाचन आगामी ९ सेप्टेबरका दिन हुंदैछ ।
(भिडियो)






