छक्का पञ्जा २’ फेब्रुअरी ३ तारिख अल्डरसटको एमपायर हलमा प्रदर्शन गरिने

लण्डन ।  नेपाली चलचित्र ‘छक्का पञ्जा २’ बेलायतका दर्शकमाझ  प्रदर्शन गरिने भएको छ ।

बेलायतस्थित ह्याव अ मोमेन्ट समुहले नेप्लिज इन्टरटेनमेन्ट समुहसंगको सहकार्यमा ‘छक्का पञ्जा २’ लाई बेलायतमा देखाउन लागेको हो ।

आउंदो फेब्रुअरी महिनाको ३ तारिख अल्डरसटको एमपायर हलमा चलचित्र प्रदर्शन गरिनेछ । सांझ ठीक ५ बजेबाट चलचित्रको प्रदर्शनी सुरु हुने आयोजकले बताएका छन् । चलचित्र हेर्न अग्रिम टिकट लिनेलाई १० पाउण्ड र ढोकामै लिनेलाई १५ पाउण्ड लाग्ने बताइएको छ ।छक्का पञ्जा २’ चलचित्र प्रदर्शनका लागि आयोजक ह्याव अ मोमेन्टमा नविन गुरुङका साथै नेप्लिज इन्टरटेनमेन्ट समूहमा वीरेन खड्का, अनिल मल्लको आयोजनामा बेलायतका दर्शकमाझ फिल्म प्रदर्शन गरिने युवा समाज सेबी मल्लले जानकारी दिए ।