नेपलिज ब्रिटिस कम्युनिटीको अध्यक्षमा मिलन घिमिरे,१९ सदस्यीय कार्यसमिती सर्बसम्मत:[तस्बिर सहित]

nep1लन्डन । नेपलिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेले गत आईतवार आफ्नो स्थापनाको सातौ वार्षिकोत्सब तथा साधारण सभा एक साथ भव्य रूपमा सम्पन्न गरि मिलन घिमिरेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितीको सर्बसम्मत चयन गरेको छ।melan

सभाले कार्यसमितिमा सचिब चुरामणी रेग्मी , कोषाध्यक्ष ऋषि खनाल र सदस्यहरू ; शमिर नाथ प्याकुरेल , राजेन्द्र ओझा, लेखनाथ घिमिरे , बसन्त नेपाल, राम सुन्दर शाहा , खेम राज जोशी, हरिभक्त न्यौपाने, भगवती रानाभाट, मुना पौडेल, अन्जु सिग्देल, किरण अधिकारी, प्रभु न्यौपाने, सुमन गुरूग,प्रसुन राना,संजीब घिमिरे र रामु पाण्डे को चयन गरेको छ।

कार्यसमितीको चयन पश्चात बसेको पहिलो बैठकले सस्थाको सल्लाहाकारहरूमा सर्वसम्मत कुल आचार्य, कमल पौडेल , गंगा बहादुर राना, कमल राज खनाल, कृष्ण तिमल्सिना, राम शरण सिंमखडा, बिज्ञान प्रसाई, राज कुमार त्रिपाठी, महेश कुमार दाहाल, बासु लामीछाने, र गोपाल आले को चयन गरेको छ।ee

लण्डन सडबरी टाउन स्थित हिमालयन क्लब रेष्टुरेन्ट एण्ड बारको सभा हलमा  भएको उक्त कार्यक्रम बार्षिक साधारण सभा तथा स्थापना दिवस गरि दुई चरणमा गरिएको थियो ।

कार्यक्रका प्रमुख अतिथि एन आर एन यूरोप कोओर्डिनेटर तथा सस्थाका सल्लाहाकार कुल आचार्य, संस्थापक कोओर्डिनेटर कमल पौडेल , भूपु कोओर्डिन्टर गंगा बहादुर राना , सल्लाहाकारहरू बिज्ञान प्रसाई, रामशरण सिंमखडा, तथा महिला प्रतिनिधी भगवती रानाभाटले सस्थाले गरेका सामाजीक , मानवीय , भाषा सांस्कृतिक , र मनोरन्जनात्मक जस्ता राम्रा कामहरूको चर्चा गर्दै यो सस्था आफ्नै मौलीकता मा चलेको र बेलायता यसले नमुना सस्थाको रूपमा पहिचान गराउन सफल छ । अन्य सस्थाहरूले यसवाट सिक्नु पर्ने भएको छ भन्दै यो सस्थाको सदस्य हुनुमा गौरव महसुस हुने कुरा व्यक्त गर्नु भयो । यहि कुरालाई निरन्तरता दिदै अझै गौरबशाली सस्था बनोस भन्दै शुभकामना मन्तव्य सहित सभाको सफलताको कामना गर्नु भयो।ee1

कोओर्डिनेटर कमल राज खनालको सभापतित्वमा भएको कार्यक्रममा सदस्य शमिरनाथ प्याकुरेल ले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिब मिलन घिमिरेले गर्नु भएको थियो ।

आफ्नो स्थापनाको सातौ वार्षिकोत्सब समारोहमा केक काटी मनाइयो भने बच्चा हरुको मनोरंजन का लागि बिशेस खेल सहित डिजे तथा नेपाली सांगीतिक माहोलमा सहभागी अबेरसम्म नाचेका थिए ।

यसैबिच नयाँ कार्यसमितिले आगामी मार्च २० तारीखमा, ग्रीनफोर्ड टाउन हलमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।