आज एमाले अभियानको तेस्रो दिन–सप्तरीमा हुँदैछन् दुई जनसभा

काठमाडौं– एमालेले शुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज तेस्रो दिन दुई नम्वर प्रदेशमा कार्यक्रम हुँदैछन् ।

मधेशी मोर्चाको विरोधका कार्यक्रमबीच एमालेले आफ्नो अभियान अगाडि बढाउँदैछ । एक अर्काप्रति आरोप–प्रत्यारोप गर्दै दुवै पक्ष आ–आफ्ना कार्यक्रमको तयारी लागेका छन् ।

अभियानको तेस्रो दिन एमालेले इनरुवामा, राजविराज र कंचनपुरमा जनसभाको आयोजना गरेको थियो ।

तर, हिजो मात्र एमालेले सप्तरीको रंगशालाको कार्यक्रम राजविराज औद्योगिक क्षेत्रमा सारेको छ ।

सम्भावित तनावलाई ध्यानमा दिएर कार्यक्रमस्थल सारिएको बताइएको छ ।