चार्ल्टन समाज यूकेको अध्यक्षमा सीता अर्याल निर्बाचित? अरु कसले पाए जिम्मेवारी ?

शिब भण्डारी

लण्डन । साउथ इष्ट लन्डनको चार्ल्टन आसपास बस्ने नेपालीहरुको संस्था ‘चार्ल्टन नेपाली समाज यूकेको अध्यक्षमा सीता अर्याल निर्बाचित भएकी छन्।आइतबार चार्ल्टनस्थित मेरिडियन स्पोर्ट क्लबको सभाहलमा सम्पन्न अधिबेसनले अर्यालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।समाजले एक कार्यक्रमका बिच २०२३ –२०२५ का लागी नयाँ कार्यसमिती चयन गरेको हो।

यसै गरी उपाध्यक्षमा दिल बहादुर जिसी महासचिबमा बसन्त खनाल सचिबमा सुनिता कँडेल कोषाध्यक्ष कृष्ण भण्डारी सह-कोषाध्यक्ष दिपक खरेल चयन भएका छन् ।यसैगरी सदस्यहरुमा लिला राम सापकोटा, सिता ढकाल, सुबोध नेपाल, किरण सापकोटा, बिदुर भट्टराई, सुमन गौतम,बिष्णु पाण्डे,पत्रिसा पाण्डे,पुकार ज्ञवाली चयन भएका छन् । नब निर्बचित समितिलाई निबर्तमान कार्यबहाक अध्यक्ष प्रकाश कंडेल लगायतले शुभकामना बेक्त गरेका थिए ।अधिवेशन सम्पन्न गर्न गंगा खरेल,संस्थापक अध्यक्ष सुरज के.सी, पूर्वअध्यक्षहरु रोमनाथ पाण्डे, टंक कण्डेल सदस्य रहेको विधान संशोधन समिति निर्माण गरिएको थियो । अधिवेशन सम्पन्न गर्न दासुराम पाण्डेको संयोजकत्वमा रेशम अर्याल र कृष्ण खरेल सदस्य रहेको निर्वाचन समितिले उक्त समितिको घोषणा गरेको हो।