लन्डन– बेलायतमा सक्रिय पत्रकारिता गरिरहेका सञ्चारकर्मी चिरन शर्मा गैरआवासिय नेपाली संघ एनआरएन यूकेको आगामी अधिवेशनमा आईसीसी सदस्यमा उम्मेदवार हुने भएको छन् ।
बाग्लुङको अमलाचौर घर भएका शर्मा हाल लण्डनबाट नागरिक दैनिकमा संवाददाता रहेका छन् ।
शर्माले गैरआवासीय नेपाली संघको केन्द्रीय नेतृत्वसँगसमेत निकट रहेको बताउँदै एनआरएन अभियानसँगको लामो अनुभव र सकृयताको कारणले पनि आफूले आईसीसी सदस्यमा उम्मेदवारी दिने निचोडमा पुगेको बताए । संघको संगठानिक व्यवस्थापन तथा विधि र विधानलाई सकृय रुपमा कार्यन्वयन गरि राष्ट्रिय समिति र आइसीसी बीचको संरचनालाई अझ सशक्त र संस्थागत बनाउन पहल गर्ने शर्माले बताए । उनले गैरआवासीय नेपाली संघ यूकेको ९ सेप्टेम्बर महिनामा हुने अधिवेशनमार्फत केन्द्रीय नेतृत्वमा जाने बाटो तय गरेका हुन् ।
सन् २००२ मा अध्ययनको सिलसिलामा बेलायत आएका शर्मा गैरआवासीय नेपाली संघ यूकेमा १७ सेप्टेम्बर २००५ आबद्ध भएका हुन । एनआरएन यूके कार्यसमिति सदस्य सन् २००७ मा नै भैसकेका उनी बेलायतको आयोजनामा गैरआवासीय नेपाली संघ यूरोप पहिलो सम्मेलन आयोजक समितिको उपसंयोजक भएर काम गरिसकेका छन् । शर्मा गैरआवासिय नेपाली अभियानलाई निकै नजिकबाट नियाल्ने मध्येमा पर्दछन ।
हाल गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार रहेका शर्मा गैरआवासीय नेपाली संघको केन्द्रीय नीति तथा अनुगमन समितिको सदस्यका रुपमा योगदान गर्दै आएका छन । पत्रकार महासंघ यूके शाखा र एनआरएन यूकेद्धारा संचालित एनआरएन पत्रकारिता पुरस्कारको अक्षयकोष संचालन समितिको सदस्य भई सकेका उनी गैरआवासिय नेपाली संघको अन्तर्राष्ट्रिय हरेक गतिविधिलाई नजिकबाट नियालेका शर्मा एनआरएनकै माध्यमबाट समाजसेवामा पनि पाईला अगाडि बढाएका छन् ।
शर्मा एनआरएन यूकेको मुखपत्र ‘सात समुद्रपारि’, नेपाल ब्रिटेन डट कम, लन्डन पोस्ट, चौतारी, नागरिक दैनिक, नेपाली टीभी यूकेलगायतसँग आबद्ध थिए ।






