सरकारले थाल्यो अनसनरत डा. केसी सँग वार्ता

काठमाडौँ । सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीका तर्फबाट गठित वार्ता टोलीका सदस्यबीच औैपचारिक वार्ता सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ । सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बनेको छ ।

डा केसी विगत २५ दिनयता ६ बुँदे माग राख्दै आमरण अनशनमा छन् । अनसनको २४ दिनमा सरकारले बुधबार  दिनमा तीन सदस्यीय वार्ता समिति बनाएलगत्तै केसीका तर्फबाट पनि चार सदस्यीय वार्ता टोली सार्वजनिक गरिएको थियो ।