सप्तरी, ११ फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज मधेस बन्द गरी प्रदर्शन समेत गरेको छ ।
मोर्चाका कार्याकर्ताले राजविराज नगरपालिकाको भवनमा तोडफोड गरेका थिए ।
आज बिहानबाट प्रदर्शनमा उत्रिएका मोर्चाको नेता तथा कार्यकर्ताले बन्दको अवज्ञ गरेको भन्दै राजविराज नगरपालिकामा तोडफोड गर्नाका साथै ढुङ्गामुढा गरी कार्यकारी अधिकृत कोठाको झ्यालको सिसा फुटाएका छन् ।
सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीको सवारी साधन आज बिहानदेखि चल्न दिएको छैन भने शिक्षण संस्था, कलकारखाना, उद्योग, बजार, पसलसमेत बन्द रहेको प्रहरीले जनाएको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज एक दिन मधेस बन्द गरेका हुन् ।






