एमाले स्थायी कमिटी बैठकले के भन्यो ?

g]skf -Pdfn]_ ;+;bLo bnsf] a}7sk|wfgdGqL s]kL zdf{ cf]nLn] cfOtaf/ Joj:yflksf–;+;b ejg gofF afg]Zj/df a;]sf] g]skf -Pdfn]_ ;+;bLo bnsf] a}7snfO{ ;Daf]wg ub{} . tl:a/ M /Tg >]i7, /f;;

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको एमाले स्थायी समिति बैठकले वैशाख जेठभित्र नै स्थानीय तहको निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

नेकपा (एमाले)ले २०७४ मङ्सिरसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रवक्ता योगेश भट्टराईले भन्नुभयो–“बैठकमा संविधानले तोकेकै समयभित्र तीनवटै तहको निर्वाचन हुनुपर्ने भन्नेमा बृहत् छलफल भयो, आगामी वैशाख जेठमा स्थानीय तहको निर्वाचन र मङ्सिरमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।”

निर्वाचनका लागि आवश्यक कानुनी र राजनीतिक वातावरण बनाउन पनि बैठकले ध्यानाकर्षण गराएको छ । निर्वाचनका लागि सबैसँग वार्ता र संवाद अगाडि बढाउनुपर्नेमा बैठकमा छलफल भएको बताउँदै उहाँले मधेसी मोर्चासँग पार्टीका तर्फबाट एमालेका विभिन्न नेताले पछिल्लो समयमा भइरहेको छलफल र वार्तालाई प्रभावकारी एवम् उपयोगी ढङ्गले अगाडि बढाउने भएको छ ।