लेखा समिति निर्वाचनः सत्तापक्ष राप्रपाले किन हाल्यो प्रतिपक्षलाई भोट ?

काठमाडौं– संसदको सार्वजनिक लेखा समिति चयनका लागि भएको निर्वाचनमा सत्तापक्ष राप्रपाले प्रतिपक्षी दल नेकपा एमालेका उम्मेद्वारको पक्षमा मतदान गरेको छ ।

राप्रपाले एमालेको तर्फबाट उम्मेद्वार बनेका पशुपति चौलागाईँलाई भोट हालेको हो । राप्रपाको साथ पाएपछि चौलागाईँ १६ मत पाएर माओवादी केन्द्रका उम्मेद्वार डोरप्रसाद उपाध्यायसँग पराजित भए ।

राप्रपाले एमालेलाई भोट हाल्नुको कारणः
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले भने–
–२०७४ माघ ७ भित्र तीन दलको निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा प्रतिपक्षीलाई चिढ्याउने काम गर्नु उपयुक्त होइन।
– एमालेलाई चिढ्याउँदा आगामी दिनमा संविधानको कार्यान्वयन झन् जटिल हुन्छ । गम्भीर संकटअघि समाधानका उपाय चाहिन्छ ।
–लेखा समितिको सभापति विपक्षी दललाई दिने विश्वव्यापी मान्यता भएपनि अहिले जालझेल गरी नदिने काम भयो ।
– विश्वप्यापि मान्यताको विरुद्धमा जाने काम गलत छ । प्रतिपक्षी र सत्तापक्षको दूरी बढाइनु हुन्न । यही बुझेर हामीले एमालेलाई मत दियौं ।

– हामी सरकारमा भएर पनि सरकारमा भएको व्यवहार हामीमा भएन ।

– हामी कसैसँग सति जान सरकारमा गएको होइनौं

राप्रपाबाट समितिमा तीन मध्ये दुई सांसदको प्रतिनिधित्व छ । भास्कर भद्रा र दिनेश श्रेष्ठ समितिमा रहँदा दीपक बोहरा मन्त्री बनेपछि एक सदस्य राप्रपाको तर्फबाट समितिमा खाली छ ।

सोमबार भएको निर्वाचनमा माओवादी सांसद डोरप्रसाद उपाध्याय २३ भोटका साथ निर्वाचित भएका थिए ।

यसअघि पनि माओवादीले नै लेखा समिति पाएकोमा समितिका सभापति जनार्दन शर्मा ऊर्जामन्त्री बनेपछि सो स्थान रिक्त हुँदै आएको थियो ।