कँडेलद्वारा लन्डन नेपाल न्युज डट कमलाई धन्यवाद ज्ञापन

बेल्जियम– बेलायतबाट प्रकाशित हुने लन्डननेपाल न्युजको सञ्चालक समितिले युरोपको लागि बेल्जियम निवासी रमेश कँडेललाई युरोप प्रमुखमा नियुक्ति दिएकोमा उनले एक पत्र पठाउँदै लन्डन नेपाल न्यूज डट कमलाई धन्यबाद दिएका छन् ।

आफु बिगत १६ बर्ष देखी बेल्जियममा पत्रकारिता गर्दै आएको र अनलाइन पत्रिका ‘संगालो’ बाट आफुले पत्रकारिता सुरु गरेको पनि बताए । संगालो न्युज, संगालो पत्रिका र शब्दान्जली साहित्यिक पत्रिकामा संम्पादक रहेर काम गरिसकेको बताउँदै उनले आफुले आर्जन गरेको सम्पूर्ण अनुभवलाई लन्डननेपाल न्युज मार्फत अगाडि बढाई यस अनलाईन न्युजलाई सफलताको शिखरमा पुर्‍याउन कुनै कसर बाँकी नराख्ने पनि बताए ।

साथै प्रवासमा रहेको ‘डायस्पोरिक पत्रकारिता’ लाई सबैले सकारात्मक रुपमा सहयोग गरिदिनुहुन अनुरोध गर्दै कँडेलले आफूले पनि सकारात्मक पत्रकारिताको लागि कुनै कसर बाँकी नराख्ने बताए ।