अन्धकार र उज्यालो

  • प्रदीप कारन्जित

खोजेको केहि उज्यालो यहाँ अन्धकारमा पनि
सपनाहरुको पर्खाइमा त्यसै जीवन अधुरो अनि
आफैभित्र लुकेका धेरै धेरै आशाका किरणहरु
एउटा अनौठो आभाषको कता कता रहर छ अनि

खुशीको लागी आफ्नो कतै, बनेको अरुको बोझ
हारेको कर्म,थाकेको जीवन, त्यो जिन्दगि भार अनि
सपनाको घर यहाँ, कल्पनाको सानो सुन्दर संसार
अधुरो रहरको के कुरा, जब जिन्दगीनै अधुरो अनि

चुपचाप छु म यहाँ,अनि बसेको सधै मौन पनि
धमिलो दृश्यहरू भविष्यको,अध्यारो नजर मनको अनि
केहि सुनौलो दिनहरु, जिन्दगीको अन्तिम उपहार भए पनि
खोजेको केहि उज्यालो यहाँ अन्धकारमा अनि
खोजेको केहि उज्यालो यहाँ अन्धकारमा पनि