१८ स्कुले बालबालिकाको मृत्यु, ४० घाइते

काठमाडौं । उत्तरप्रदेशको एटामा बिहीबार बिहान भएको सडक दुर्घटनामा १८ स्कुले बालबालिकाको मृत्यु भएको छ । ट्रक र स्कुलबस जुधेर भएको दुर्घटनामा ४० बालबालिका घाइते छन् ।

यो दुर्घटना एटाको अलीगञ्ज रोडमा भएको हो । एटास्थित जेएस बिद्या निकेतन स्कुलको बिद्यार्थी बोकेका बस ट्रकसँग ठोक्किएको हो ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइन्छ ।