४ करोड ४४ लाख बराबरको डलर बोकेका तीन चिनियाँ पक्राउ

काठमाडौं– चार करोड ४४ लाख नेपाली रुपैयाँ बराबरको अवैध डलरसहित तीन चिनियाँ नागरिक पक्राउ परेका छन् ।

शुक्रवार राती महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले स्कारपियो गाडीमा डलर बोकेर रसुवातिर जान लागेका दुई महिलासहित तीन चिनियाँ नागरीकलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सर्वेन्द्र खनालले जानकारी दिए ।

एउटा सुट्केस र झोलामा फल्स बटन बनाएर लुकाई छिपाई बा.१ प १२३२ नम्बरको स्कारपियोमा डलर बोकेर हिँडेका चिनियाँ नागरीकको साथबाट प्रहरीले २ लाख ६० हजार अमेकिरी डलर, १ लाख १८ हजार युरो, स्विस फ्रयांक र क्यानडियन डलर बरामद गरेको छ ।

यसबारे मध्यान्ह २ बजे महाशाखामा पत्रकार सम्मेलन गरेर जानकारी दिईने एसएसपी खनालले बताए ।