तत्काल चुनावको मिति घोषणा हुनुपर्नेमा कांग्रेसको जोड

काठमाडौं– नेपाली काँग्रेसका नेताहरुले निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।

नेताहरुले स्थानीय निर्वाचनको मिति घोषणा भए राजनीतिक गतिरोध अन्त्यका लागि सबै दलहरुलाई दवाव हुने निष्कर्ष निकालेका हुन् ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आईताबार बसेको पार्टी पदाधिकारी तथा पुर्व प्रदाधिकारी बैठकले हाल जारी राजनीतिक गतिरोध अन्त्यका लागि पनि स्थानीय निर्वाचनको मिति तत्काल घोषणा गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको हो ।

स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा भए राजनीतिक गतिरोध अन्त्यका लागि आवश्यक दवाव पुग्ने नेताहरुले बताएका छन । वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिइएको जानकारी दिए ।

बैठकमा काँग्रेस नेताहरुले स्थानीय निकायकै निर्वाचन गर्न सहज हुने धारणा पनि राखेका छन । स्थानीय निकायकै निर्वाचन गराउनुपर्नेमा धेरैजसोले जोड दिएको महामन्त्री कोइरालाले बताए ।

नेपाली काँग्रेसले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको टुंगो संसदबाटै लगाउनुपर्ने अडान राख्दै आएको छ ।
एमालेसहितका विपक्ष दलले संविधान संशोधन प्रस्तावको विरोधमा लगातार संसद बैठक अवरुछ पार्दै आएका छन् ।
सरकारले मंसीर १४ गते ल्याएको संविधान संशोधन प्रस्तावको पक्ष, विपक्षमा दलहरु विभाजित हुँदा मुलुकमा राजनीतिक संकट चुलिदै गएको छ । मधेशी मोर्चाले समेत संशोधन प्रस्तावको स्वामित्व नलिएपछि संसद सुचारु हुने वातावरण झनै विग्रदै गएको छ । काँग्रेस बैठक भोली पनि बस्ने छ ।