मन्त्रीले मागे एक दिन सरकारी बिदा

????????????????????????????????????

चितवन– सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आज सरकारले क्रिसमसको सार्वजनिक बिदा दिए झैं पुष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि बिदा दिइनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले भरतपुरमा निर्माण गर्दै गरेको भवनको आज निरीक्षणपछि पत्रकार सम्मेलनमा उनले आफ्नो यसमा निरन्तर जोड रहने बताए ।
ठूला तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एकै ठाउँमा बसेर अहिलेको समस्याको समाधान निकाल्नुपर्ने बताउँदै उनले संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनाको विकल्प नभएको बताए ।

संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै उनले भने, “फिर्ता लिन सम्भव छैन, असफल बनाउने अधिकार विपक्षीलाई छ ।”

संसदीय प्रक्रिया रोकिँदा स्थानीयदेखि संसदीयसम्मका निर्वाचन गराउन निर्माण गर्नैपर्ने ५० जति विधेयकमाथि छलफल रोकिएको उनले बताए ।
स्मरण रहोस् एकता दिवसको दिन बिदा हुनुपर्ने धारणा राख्ने मन्त्री केसी बहुदलपछि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।