ढुक्क हुनुस्, अब लोडसेडिङ तालिका आउँदैनः कुलमान

काठमाडौँ, ५ मंसिर – कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनासाथ राजधानी उपत्यका र आपसापका जिल्लामा लोडसेडिङ अन्त्य भयो।

तिहारको झिलिमिलीपछि लोडसेडिङ बढ्ने त्रास थियो तर, अचानक लोडसेडिङ गायब भयो।

मान्छे चकित छन् आखिर के चमत्कार गरे कुलमानले ? यो चमत्कार होइन भने बिजुली कहाँ थियो भन्ने प्रश्न जीतितै छ। किनकी १३ वर्षदेखि जनता अध्यारोको प्रताडना भोग्न बाध्य थिए। अहिले विद्युत प्रणालीमा बिजुली नथपिए पनि लोडसेडिङ समाप्त भएको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।